जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी दलका सांसदले मन्त्री पदबाट राजीनामा दिएसँगै जसपा नेपालले समर्थन फिर्ता लिएको हो।

संसदीय दलका नेता उपेन्द्र यादवले सोमबार सभामुखसमक्ष समर्थन फिर्ताको पत्र बुझाएका छन्। जसपा नेपालबाट मन्त्री बनेका यादव र दीपक कार्कीले आजै पदबाट राजीनामा बुझाएका थिए।

छुटाउनुभयो कि ?

TOP