गभर्नरमा भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट, आइतबार पेसी

काठमाडौँ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको गभर्नर नियुक्तिका लागि योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ। शुक्रबार अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले गभर्नरमा भट्टको योग्यता नपुग्ने दाबी गर्दै रिट दायर गरेका हुन्। यसको पेसी आइतबारलाई तोकिएको छ।

उनीहरूले दलहरूबिचको सहमतिका आधारमा ऐन विपरीत दूषित प्रक्रिया अपनाइएको आरोप लगाएका छन् ।

सर्वोच्च प्रशासनले उक्त रिटलाई आइतबार सुनुवाइका लागि पेसीमा राख्ने गरी पूरक निवेदनसमेत स्वीकार गरिसकेको छ । डा. भट्टले शुक्रवार मात्र राष्ट्र बैङ्कको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन ।

यसअघि, २ वैशाखमा उप्रेती र थापाले नै दायर गरेको अर्को रिटमा सर्वोच्च अदालतले ६५ वर्ष उमेर नाघेका व्यक्तिहरूलाई नियुक्ति प्रक्रियामा सहभागी नगराउन सरकारलाई अन्तरिम आदेश दिएको थियो ।

छुटाउनुभयो कि ?

TOP