काठमाडौं । सदनको गतिरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका हुन् ।
‘हामीले हाम्रो अडान राख्यौँ, प्रधानमन्त्री त्यसमा सकारात्मक देखिनुभएको छ’, लेखकले भने । संसद् खुलाउने नखुलाउने भन्ने सरकार र सत्तापक्षमा भरपर्ने कांग्रेस नेताहरूको भनाइ छ ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन नगरे संसदको अवरोध जारी राख्ने जनाएको छ ।