सर्वसाधारणको स्वास्थ्य उपचारमा मनपरी नगर्न काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अस्पताल तथा सामुदायिक विद्यालयहरुमा बसेर स्वास्थ्य सेवा नदिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ।

महानगरको स्वास्थ्य विभागले आशनिबार सूचना जारी गर्दै नगर क्षेत्रमा सञ्चालिन शिक्षण संस्था र अस्पतालहरुमा कार्यरत शिक्षक, प्रशिक्षक र कर्मचारीहरुलाई स्वास्थ्य सेवा नियमित गर्न भन्दै महानगरले अन्यथा कारबाही गर्ने चेतावनी दिएको हो। ‘अस्पतालहरुमा शल्यक्रिया, सीटी स्क्यान, एमआरआई जस्ता सेवाका लागि महिनौँसम्म कुर्नुपर्ने गुनासो पनि सर्वसाधारणबाट आएको छ,’ महानगरको सूचनामा भनिएको छ,  ‘ऐन नियमअनुसार चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक र कर्मचारीहरुले प्रचलित कानुनी व्यवस्था अनुसार आफूलाई खटाएको ठाउँमा गएर नियमित काम गर्न सम्बद्ध व्यक्ति, पदाधिकारी तथा संस्थालाई महानगर हार्दिक अपिल गर्न चाहन्छ।’

कानुनी व्यवस्था बमोजिम सर्वसाधारणहरुले अस्पतालहरुबाट सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेमा वा विद्यमान कानुनी व्यवस्थाको उलंघन भएको देखिएमा अनुगमन तथा नियमनको माध्यमबाट प्रचलित कानुनी व्यवस्था बमोजिम त्यस्ता व्यक्ति तथा संस्थालाई कारबाही गर्ने चेतावनीसमेत महानगरले दिएको छ।

छुटाउनुभयो कि ?

TOP