पछिल्लो ९ महिना २२४ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ९ महिना २२४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

सरकारले विकास निर्माणको ठेक्का लिएर खरिद सम्झौता बमोजिम समयमा निर्माण कार्य सम्पन्न नगरेका तथा अन्य विभिन्न कारणले पछिल्लो ९ महिनामा २२४ निर्माण कम्पनी कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता विष्णुप्रसाद शर्माले सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीहरुलाई आफैँ कालोसूचीमा राख्ने नगरेको जानकारी दिए । उनले सरकारले गरेको सिफारिसपछि तथ्यमा आधारित भएर कालोसूचीमा राखिने बताए ।

प्रवक्ता शर्माले चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा २२४ निर्माण कम्पनी कालोसूचीमा परेको जानकारी दिए । कालोसूची पर्नुमा सबै निर्माण कम्पनीको मात्रै दोष नदेखिने उनको भनाई छ ।

छुटाउनुभयो कि ?

TOP