संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ ।संसदको बर्खे अधिवेशन शुक्रबारबाट सुरू हुँदैछ।

नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ ।

शुक्रबार अधिवेशनको पहिलो दिन भएकाले सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने पनि कार्यसूची रहेको छ।

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० अनुसार सभामुखले बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जानकारी दिएको छ।

बजेट अधिवेशन सुरू भएको सन्दर्भमा शुक्रबार दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची रहेको पनि संसद सचिवालयले बताएको छ।

संसद नियमित कार्यसूचीमा प्रवेश गर्ने, नगर्नेमा भन्ने अन्यौल छ।

छुटाउनुभयो कि ?

TOP