Advertisement

अनुसन्धानकर्मी श्रेष्ठद्वारा खिचिएका ६५ पुतलीका फोटोहरु प्रदर्शनीमा

काठमाडौं । जैविक विविधता अनुसन्धान तथा संरक्षण समाजले रुफोर्ड परियोजना अन्तर्गत पुतलीका फोटो प्रदर्शनी कार्यक्रम गरेको छ । समाजको अध्यक्ष तथा पुतली अनुसन्धानकर्मी विमल राज श्रेष्ठले खिचेका ६५ वटा फोटोहरु प्रदर्शनीको लागि राखिएको थियो ।

कार्यक्रम कीर्तिपुरस्थित गान्धी भवनमा भएको थियो  । मुख्यत्, पुतलीका पहिचान विधी र संरक्षण सम्वन्धि जनचेतना फैलाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजन गरिएको थियो । प्रदर्शनीमा राखिएका फोटाहरुलेपुतलीले प्रकृतिमा खेलेको भूमिका बारे पनि उलेख गरिएको थियो । तराई, पहाड र हिमाली क्षेत्रमा पाइने पुतलीहरुको फोटो  प्रदर्शनीमा समेटीएका थिए । नेपालमा मात्रै पाइने पुतलीहरुको फोटो पनि प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्मी गरि करीब २०० जनाको सहभागिता रहेको थियो ।

प्रदर्शनी कार्यक्रम, पुस्तकालय तथा सुचना विज्ञान प्रविधी केन्द्रिय विभागको अनुमती लिएर गरिएको थियो ।

प्रदर्शनीका केहि तस्विरहरु

विश्वविद्यालयका विद्यार्थी फोटो अबलोकन गर्दै


अनुसन्धानकर्मी विमल राज श्रेष्ठ पुतली सम्वन्धी जानकारी दिदै

पुतलीका तस्विर खिच्दै अवलोकनकर्ता


अनुसन्धानकर्मी श्रेष्ठ प्राणी शास्त्र केन्द्रिय विभाग, त्रिभुवन विस्वविधालयका उपप्राध्यापक डा. हरी शर्मासँग


वनस्पती शास्त्र केन्द्रिय विभाग, त्रिभुवन विस्वविधालयका उपप्राध्यापक डा.यादव उप्रेती, फोटो अबलोकन गर्नुहुँदै 

छुटाउनुभयो कि ?

TOP