काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जित्न सफल भएको छ। ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ ।
त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३-० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । उपाधि जित्न रियललाई एक अंक आशव्यक थियो । तर केही घण्टा पछि नै बार्सिलोना पराजित हुँदा रियलको उपाधि पक्का भएको हो ।
३४ खेलबाट रियलको ८७ अंक छ भने समान खेलबाट जिरोनाको ७४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोना ७३ अंकसहित तेस्रोमा छ ।