काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार भत्काउन किस्तीमा प्रधानमन्त्रीको पद राखेर देशी विदेशी शक्ति लागीपरेको बताएका छन् । पश्चिम नवलपरासीमा एमालेको नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । वर्तमान गठबन्धनले जनतालाई विकास र समृद्धिको बाटोतर्फ अगाडि बढाउने उल्लेख गर्दै ओलीले २०८४ को चुनावमा एमाले थप मजबुत बनेर आउने जिकिर गरे ।