राष्ट्रपतिद्वारा बैशाख २८ देख बजेट अभिवेशसन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ देखि सुरु हुने गरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग प्रमुख प्रतिपक्ष कांग्रेसले राखेपछि सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।

लामिछाने गोरखा मिडियाको प्रबन्ध निर्देशक हुँदा उक्त कम्पनीमा पोखरा, बुटवल, चितवनस्थित सहकारीबाट रकम लगानी गरेको पाइएपछि उनीमाथि छानबिनको माग राखेर कांग्रेसले संसद् अवरुद्धसमेत गरेको थियो । वैशाख २ मा संसद् अधिवेशन अन्त्य भएयता यसबारे सत्तापक्ष र कांग्रेसबीच संवाद हुन सकेको छैन ।

मन्त्रिपरिषद्ले बजेट अधिवेशन बोलाउन सिफारिस गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदबारमा छलफल भएको थियो । दुई नेताको सहमतिपछि अधिवेशन बोलाउन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरिएको थियो । उनीहरूबीच सहकारी ठगी प्रकरणबारे कांग्रेसले उठाउने मुद्दाबारे पनि छलफल भएको थियो ।

छुटाउनुभयो कि ?

TOP