काठमाडौं ।अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् ।
पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा। किरण किशोर नकर्मीले बताए ।
मेयर आचार्यको भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन उपचार गरिने छ ।
शनिबार पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनका झुप्पा आगोको झिल्कोमा परी विष्फोट हुँदा प्रमुख अतिथि पौडेल र मेयर आचार्य घाइते भएका थिए ।