काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति, विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलाल पुँजीलाई र विचौलियालाई पोस्ने काम सरकारले गर्न खोजिरहेको आरोप लगाए ।
‘समितिमा विचाराधीन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन । यो कानूनको खुलेआम उल्लंघन गरेर सरकार जसरी अघि बढेको छ । कानुनको रक्षक हुनुपर्ने सरकार आफैं कानुनको भक्षक बन्न पुगेको छ,’ अध्यक्ष नेपालले भने, ‘संसदको नियमित अधिवेशनमा कानुनमा सुधार गर्नुछ भने, विधेयक ल्याउनुछ भने त्यसको प्रक्रियाबाट अघि जानुपर्नेमा संसद नै छलेर, संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ ।’
अध्यक्ष नेपालले आफूहरुले विपक्षी दलहरूलाई बोलाएर गरेको खबरदाबरीबाट सरकार आत्तिएर अधिवेशन बोलाउन बाध्य भएको पनि बताए ।