काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो।
योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी १९ सय ३० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।