काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति) महाधिवेशन आज समापन हुँदैछ।
काठमाडौँमा जारी प्रथम महाधिवेशनको बन्द सत्रबाट ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा हिजो संयोजक डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको थियो। सोमबार भट्टराईले पेस गरेको प्रस्तावमाथि १२ वटा समूहमा छलफल भएको थियो।
गत आइतबारदेखि सुरु भएको महाधिवेशनले आज नयाँ नेतृत्वको औपचारिक घोषणा गर्दै महाधिवेशन समापन गर्ने बताइएको छ।