काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति (भीसी) का लागि २० जनाको आवेदन स्वीकृत भएको छ । पहिलो पटक पुस १८ मा आवेदन माग गर्दा १७ जनाको आवेदन परेकोमा १६ जनाको स्वीकृत भएको थियो ।
तर, केयूका मेडिकल संकायकाले कार्यविधिका कारण आवेदन दिन नपाएपछि १८ माघमा दोस्रो पटक आवेदन माग गर्दा ४ जनाको स्वीकृत भएको छनोट समितिले जनाएको छ ।
दोस्रो पटक आवेदन दिनेहरूमा प्रा.डा गेहनाथ बराल, प्रा.डा गजेन्द्रप्रसाद कोजू, प्रा.डा अजय रिसाल, प्रा.डा दिपक श्रेष्ठ छन् । यससँगै अब केयूको भीसीमा २० जनाबीच प्रतिस्पर्धा हुनेछ ।
उम्मेदवारहरूले अन्तर्वार्तासँगै आफ्नो सोचपत्र पनि प्रस्तुत गर्नेछन् । सबै मूल्यांकन गरेपछि छनोट समितिले कुलपतिलाई ३ जनाको नाम सिफारिस गर्ने छ ।
यी हुन् केयू भीसीका उम्मेदवार: