काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताएको छन ।
बिहीबार काठमाडौंमा सुरु भएको सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएको हो ।
उनले विकासलाई राजनीति र धर्मभन्दा माथी राखेर हेर्न नेपालका सम्पूर्ण राजनीति दल तथा सर्वसाधारणमा आग्रह गरे । उनले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद् भएको बताए । उनले पाथीभरा केबलकार प्रकरणमा भइरहेका विरोधहरु विकासका लागिभन्दा पनि पपुलिजमका लागि गर्न खोजिएको बताए ।
अध्यक्ष ढकालले अहिले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आम नागरिकलाई मेनुपुलेट गरेर सूचना फैलाउने काम भएको जिकिर गरे। उनले बेरोजगार भएर वैदेशिक रोजगारबाट नेपालमा नै अवसर खोजेर काम गर्ने र लाखौं नेपालीहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई कम गर्ने हिसावले नेपालमा ३५ वर्षदेखि सक्रिय भएर काम गरिरहेको जानकारी दिए।
पछिल्लो समय पाथीभरा केवलकारको विषयलाई लिएर सामाजिक सञ्जालमा चन्द्रप्रसाद ढकाल नेपालको दलाल वा नेपालमा राख्न नहुने मान्छेको रुपमा प्रचार गरिनु खेदजनक रहेको बताए। उनले नेपाल रोजगारी दिने, अवसर खोज्ने, वैदेशिक रोजगारीमा जान रोक्ने विषयलाई प्राथमिकता दिन नसके भविष्यमा पछुताउन पर्ने अवस्था आउने उल्लेख गरे ।
अध्यक्ष ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताए। उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आइटी हबको लक्ष्य हासिल गर्न सकिने जानकारी दिए ।
आइटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपियाँ बराबरको सेवा निर्यात गर्नसक्ने र लाखौं मानिसलाई रोजगारी दिनसक्ने क्षेत्र भएको उल्लेख गर्नुहुँदै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसँग आग्रह गरे।
नेपाल सरकारले नेपाली सूचना प्रविधि (आइटी)क्षेत्रको विकासका लागि पछिल्ला कानुनहरुमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिने बताए ।