काठमाडौँ । नेपालकी कप्तान पुजा महतो आईसिसी यु–१९ महिला टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेको छन ।
आईसिसीले सोमबार घोषणा गरेको १२ खेलाडीको सुचीमा पुजा अटाएको हो । मलेसियामा आइतबार सम्पन्न आईसिसी यु–१९ महिला टी–२०विश्वकपको उपाधि भने भारतले जितेको थियो । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई नौ विकेटले हराउँदै उपाधि जितेको हो ।
पुजा आईसिसीको टिममा पर्ने एसोसिएट खेलाडी छन् । उनले विश्वकपको चार खेलमा ७० रन बनाउनुका साथै नौ विकेट लिएको थिए । आईसिसीको टिममा विजेता भारतबाट चार, उपविजेता दक्षिण अफ्रिकाबाट तीन, इङ्ल्यान्डबाट दुई तथा नेपाल, श्रीलङ्काका र अस्ट्रेलियाबाट एक एक खेलाडी परेका छन् ।
पहिलो पटक यु–१९ विश्वकप खेलेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । विश्वकपमा समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको नेपालले समूह चरणका तीन खेलमा पराजित भएको थियो । नेपालले प्लेअफ खेलमा भने आयोजक मलेसियालाई सात विकेटले हराएको थियो ।