भीम रावलको पछि लागेको भन्दै सुदूरपश्चिमका ५ जना एमालेबाट निष्कासित

काठमाडौँ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ । एमालेबाट निकालिएका डा भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको हो ।

सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरसहित प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमले जनाएको छ ।

छुटाउनुभयो कि ?

TOP