Advertisement

नेपालमा समाजवाद निर्माण गर्न सकिन भने मलाई मृत्युदण्ड दिनुस् : वामदेव गौतम

काठमाडौँ। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिन माग गरेका छन् । आज (आइतबार) राष्ट्रिय सभाको वैठकलाई सम्बोधन गर्दै उनले वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताए ।

गौतमले भने, ‘समाजवाद निर्माण गर्नका लागि म आफूलाई दाउमा राख्न चाहन्छु । यदि समाजवाद निर्माण गर्न सकिएन भने मलाई मृत्युदण्ड दिइयोस् । वर्ष तोकेर समाजवाद निर्माण गर्न सकिएन भने मलाई फाँसीमा चढाए हुन्छ ।’

गौतमले नेपाललाई १० वर्षमा युरोपियनस्तरको विकास गर्न सकिने दाबी गरेका छन् । त्यसका लागि नेपालको स्रोतले पर्याप्त रहेको र सीप मात्र बाहिरबाट ल्याए पुग्ने उनको दाबी छ ।

छुटाउनुभयो कि ?

TOP