काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च

काठमाडौं । काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो ।

काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो ।

जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार विगत विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो । तर त्यो सरदर अधिकतम तापक्रमको रेकर्ड गत वर्षदेखि नै तोडिँदै गएको छ ।

छुटाउनुभयो कि ?

TOP