शिक्षक महासङ्घको नेतृत्व चयन, अध्यक्षमा सुवेदी

काठमाडौँ । नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनले लक्ष्मीकिशोर सुवेदीलाई अध्यक्षमा चयन गरेको छ।

सहअध्यक्षमा नानुमाया पराजुली चयन भएका छन् । उपाध्यक्षमा गंगा पौडेल, जयानन्द ठाकुर, हरेन्द्रप्रसाद चौरसिया, पुष्पराज कुँवर, विक्रम झा, देवीदत्त पौडेल चयन भएका छन् ।

त्यस्तै उपमहासचिव अर्थतर्फ मदनराज जोशी चयन भएका छन् । अर्का उपमहासचिवमा गुरुप्रसाद पौडेल र पुष्कर सापकोटा चयन भएका छन् ।

सचिवहरूमा कल्पना पनेरु, केशव राज रेग्मी, अर्जुन नगरकोटी, जगदीश शाह, लालबाबुप्रसाद जोशी, हरिप्रसाद जोशी र सुरेश शाह सोमार चयन भएका छन् ।

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले भने महाधिवेशन नै बहिष्कार गरेको थियो । सङ्गठनको भागमा परेका पदहरू खाली राखेर महासङ्घको नयाँ नेतृत्वको घोषणा गरिएको हो । सङ्गठनको भागमा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव १, सचिव १ र सदस्य ६ गरी ११ जनाको पद खाली राखिएको हो ।

सङ्गठनले महासङ्घको महाधिवेशन वैधानिक तरिकाले नगरेको भन्दै बहिस्कार गरेको हो । सुरुमा स्थानीय तह, जिल्ला, प्रदेशदेखि नै अधिवेशन गरेर महाधिवेशन गर्नुपर्ने र महासङ्घ पुनर्गठन गर्नुपर्ने अडान राखेर सङ्गठनले महाधिवेशन बहिस्कार गरेको हो ।

छुटाउनुभयो कि ?

TOP