एक तोला सुनको मूल्य १ लाख ५० हजार नजिक

काठमाडौँ । आज सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।

छुटाउनुभयो कि ?

TOP