सुनको मूल्यमा तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ पुग्यो

काठमाडौँ ।शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम हुँदै हालसम्मकै उच्च रेकर्ड बनाएको हो।

अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज १ हजार ७ सय रुपैयाँले बढेको हो।

यस्तै,आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छुटाउनुभयो कि ?

TOP