काठमाडौं|  धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८० अंकले बढेर दुई हजार छ सय ५८.६६ विन्दुमा कायम भएको छ ।परिसूचकमा झिनो सुधार देखिए पनि आज कारोबार रकमले भने उत्साहजनक प्रदर्शन गरेको छ । दिनभरिमा कूल १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यो पछिल्लो तीन महिनायताकै उच्च कारोबार हो ।

आज फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।आज प्योर इनर्जी र पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर भने साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज १२४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १२४ कम्पनीको सेयरमूल्य घटेको छ ।पियोर इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । अपर होवाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ७.५८ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।