काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ थियो ।

सुनको भाउ घटेको दिन आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो ।