काठमाडौं । शुक्रबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । एकैदिन चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदी प्रतितोला २ हजार १५० रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन २ हजार ७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

सुनको भाउ भने शुक्रबार स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुने महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीसँगै सुनको मूल्य थप बढ्ने अनुमान छ ।