Advertisement

सुन मूल्य ७ सयले घट्यो

काठमाडौं । सुनको मूल्य शुक्रबार घटेको छ , अघिल्लो दिन  बिहीबारको तुलनामा प्रतितोला ७ सय रुपैयाँ भाउ घटेको हो ।

बिहीबार हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ कम हो ।

छुटाउनुभयो कि ?

TOP