काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ९.६२ अंक घटेको छ । आइतवार २६२० अंकमा बन्द भएको गिरावटसँगै नेप्से परिसूचक २६१०.७६ विन्दुमा झरेको हो  । त्यसअघि गत साताको सोमबार १४.५३ अंक, मंगलबार १५.०८ र बुधबार ८.१४ अंकले नेप्से घटेको थियो । यद्यपि, गत साताको आइतबार भने नेप्से ३.५८ अंकले बढेको थियो ।

सोमबार पनि उच्च कारोबार हुने सबैजसो कम्पनी जलविद्युत् क्षेत्रका नै परेका छन् । ङादी ग्रुप पावर, युनिभर्सल पावर र राधी विद्युत् कम्पनी सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा परेका छन् । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सिटिजन्स सुपर ३० म्युचुअल फन्डको इकाई पनि १० प्रतिशतले बढेको छ । हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

आज ३ सय १९ कम्पनीको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ७६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा छ।त्यस्तै हिमालयन पावर पार्टनरको सेयर भने १० प्रतिशतले घटेको छ ।यसरी परिसूचक घट्नेमा माइक्रोफाइनान्स, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको परिसूचक बढेको छ ।