काठमाडौँ ।नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ।
बिहीबार प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको छापावाल सुन शुक्रबार स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।