काठमाडौँ ।आज (बिहीबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ।
सुनको यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ। यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो।
त्यस्तै चाँदीको मूल्य पनि ६५ रुपैयाँ बढेको छ। अघिल्लो दिन १ हजार ८ सय ३५ रुपैयाँ रहेकोमा चाँदीको मूल्य आज बढेर १ हजार ९ सय रुपैयाँ पुगेको छ।