काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार (चैत १२) ५८.०५ अंकले घटेर बन्द भएको छ । आज बजारमा ५ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भयो । जम्मा ४ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो ।
आज ३२५ वटा धितोपत्रको एक करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच भएको हो। ४ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० वटाको घटेको छ।
कारोबारका आधारमा आज पनि दुई पुनर्बीमा कम्पनीहरू अगाडि रहे । कारोबार भएको सेयर संख्यामा घलेम्दी हाइड्रो र कारोबार संख्याका आधारमा हिमालयन पुनर्बीमा कम्पनी र गार्डियन लाइफ इन्स्योरेन्स आज पनि अगाडि रहेको देखिन्छ ।
सबै समूहगत परसूचक घटेर राताम्य भएको छ । परिसूचक सर्वाधिक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक ३.५० प्रतिशतले घटेको छ ।