काठमाडौं । साताको तेस्रो दिन मंगलबार (आज) सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो।
उच्च मूल्यबाट सुन २७ सय रुपैयाँ घटिसकेको छ ।
त्यसैगरी चाँदी आज तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य भने हिजो पनि उही नै थियो।