काठमाडौँ । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य स्थिर रहँदा चाँदी घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार आइतबार एक हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँ घटेर एक हजार ८९५ रुपैयाँमा कारोबार हुँदैछ।