काठमाडौं । बलिउड अभिनेता आमिर खानले आफ्ना फिल्महरू अबदेखि नेटफ्ल्क्सि, युट्युबजस्ता ओटीटीमा नआउने बताएका छन् । थिएटरप्रति आफ्नो विश्वास रहेकाले हलमा मात्र आफ्नो फिल्म आउने उनले बताए ।
एक पडकास्ट संवादमा उनले ओटीटी नभएर थिएटरप्रति आफ्नो विश्वास रहेको बताए । आफूलाई विभिन्न ओटीटी प्लाटफर्मबाट प्रस्ताव आइरहेको तर आफूले सम्मानपूर्वक अस्वीकार गरेको उनले बताए ।
यसबारे भने, ‘४ हप्ता वा ६ हप्तामा ओटीटीमा आउँदा फिल्मको ब्यापार संकटग्रस्त बनेको छ । एक चीज दुई दुई ठाउँमा कसरी पठाउनु ?’
आफू ओटीटीको विरोधी नभएको बताउँदै आमिरले आफूलाई सिस्टमसँग समस्या रहेको बताए । उनले भने, ‘एक टाइम थियो ओटीटी ६ महिनापछि आउँथ्यो । मलाई त्यो मन पदैन । तर म ओटीटीको विराधी होइन । ओटीटीमा फिल्म हेर्न मलाई मजा आउँछ । मलाइ यो सिस्टमसँग समस्या हो ।’
यसबारे उनले असहमति जनाए, ‘तपाईं हलपछि केही हप्तापछि ओटीटमा आउनुहुन्छ । यो कुरा मैले बुझेको छैन ।’
उनले हलमा मात्र आफ्नो फिल्म आउने बताए । ‘म मेरो के कुरामा क्लियर छु भने मेरो जुन फिल्म आउँछ, त्यो केवल हलमा मात्र आउँछ ।’ उनले थिएटरप्रति आफ्नो विश्वास कायम रहेको बताए ।
उनले भने, ‘धेरैलाई लाग्छ, १० वर्षपछि थिएटर रहँदैन । केही मान्छेले यसबारे ठूलो कुरा पनि गरेका छन् । म सिनेमाको मान्छे हुँ । हुनसक्छ म बेबकुफ हुँला । हुनसक्छ म बकबास गरिरहेको हुँला । तर त्यो चीजमा मेरो विश्वास छ ।’
‘मेरो विश्वास सिनेमा अर्थात थिएटरमा छ’ उनले भने ।
उनले अघि भने, ‘मलाई अलग-अलग प्लेटफर्मबाट धेरै अफर आएको छ । मैले सबैलाई सम्मानपूर्वक हुँदैन भनिदिएँ । म केवल थिएटरमा आउँछु । जब थिएटरको ब्यापार खत्तम हुन्छ, त्यसपछि के गर्ने, त्यो सोचौंला ।’
‘मात्र थिएटर’ उनले भने ।
के ‘सितारे जमीन पर’ तपाईंको अन्तिम फिल्म हो ? भनेर सोधिएको प्रश्नमा उनको जवाफ थियो– यदि अन्तिम केही काम गर्नुपर्यो भने त्यो महाभारत हुनेछ ।’
आमिरको आगामी प्रतीक्षित फिल्म ‘सितारे जमीन पर’ २० जुनमा रिलिज तयारीमा छ । यो फिल्मलाई नेट्फिल्क्सले १२५ करोड भारुमा प्रस्ताव गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । यसबारे पुष्टि भैसकेको छैन ।