खार्किभकाे सीमा क्षेत्रबाट रुसी आक्रमणपछि सयौँ मानिस विस्थापित

एजेन्सी। मस्कोले भूमिगत आक्रमण सुरु गरेको एक दिनपछि युक्रेनको खार्किभ क्षेत्रमा रुसी सीमानजिकका क्षेत्रहरूबाट स्थानीय विस्थापित भएका छन्। सयौँ मानिसलाई विस्थापित गरी सुरक्षित स्थानमा लगिएकाे क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिए।

कुल एक हजार सात सय ७५ लाई सुरक्षित स्थानमा सारिएको र पछिल्लो २४ घण्टामा यस क्षेत्रका ३० वटा बस्तीमा रुसी आक्रमण भएको सामाजिक सञ्जालमार्फत गभर्नर ओलेगले जानकारी गराएका छन्।

 

छुटाउनुभयो कि ?

TOP